मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजनैतिक यात्रा संगै बंगुर पालन व्यवसायमा अग्रसर हुदै : महरा
  • मार्गरेखा संवाददाता

  • किरन स्वर्णकार बाँके बैशाख २२
    बाँकेको कोहलपुरमा पछिल्लो समय युवाहरु बंगुर पालन व्यवसायमा अग्रसर भएरका छन् । २०७२ सालदेखी व्यवसायीक रुपमै बंगुर पालन शुरुवात गरेका यज्ञ बहादुर महरा यतिखेर निकै व्यस्त देखिन्छ । कोहलपुर नगरपालिका वडा नं.२ मा ५ कठ्ठा जग्गामा बगुर पालन शुरुवात गरेका महरा शिक्षा क्षेत्रमा एमएड अध्ययन सकेर व्यवसायमा जोडिएका थिए । परम्परागत रुपमा एक दुई वटा बङ्गुरबाट शुरुवात गदै हिजोआज व्यवस्थित तरिकाले व्यवसाय गर्न थालेका महराको फार्ममा ५१ वटा बगुंर रहेका छन् । वार्षिक रुपमा दश लाख भन्दा बढि कारोबारो गर्न सफल भएको युवा व्यवसायी महरा बताउछन् । शुरुवात मै कम लगानी गरी धेरै तीन महिनामै राम्रो आम्दानी हुने भएकाले पनि यस व्यवसायमा आफ्नो आकर्षण बढेको महराको अनुभव रहेको छ । बंगुर पाठापाठी बिक्री गर्न कुनै समस्या नरहेको र वर्षको तीन पटक सम्म ब्याउने बंगुरले एक पटकमा १२ देखि १६ वटासम्म बच्चा जन्माउने गरेकोले विदेशमा भन्दा स्वदेशमै लाखौँ आम्दानी गर्न सकिने महराको अनुभव रहेको छ ।
    ‘पाठापाठी बेचेर वार्षिक सात लाख रुपैयाँदेखि आठ लाख रुपैयाँसम्म कमाइ हुन्छ,’ उनले भने एउटा बङ्गुरको बच्चा तीन हजार रुपैयाँदेखि चार हजार रुपैयाँसम्ममा गाउँमै बिक्री हुन्छ । बंगुरको पाठापाठी बिक्री संगै उत्पादन गरिएका बंगुरको मासु प्रति के.जी २ सय ५० देखी ३ सय सम्म स्थानिय बजार कोहलपुरमै खपत हुने गरेको महराले बताए ।बंगुर पालन व्यवसाय संचालन संगसगै सामाजिक क्षेत्रमा महत्वपूर्ण भुमिका निवार्ह गर्दै राजनैतिक क्षेत्रमा पनी उनको योगदान रहेको छ । २०६५ सालमा बागेश्वरी बहुमुखी क्याम्पसको इकाई अध्यक्ष संगै २०६५ सालमा स्ववियु उप–सभापती समेत भएका थिए । २०७५ सालमा नेपाली काग्रेसको नगर प्रवक्ता समालेका महरा कोहलपुर नगरपालिका वडा नं. २ को सिद्धिबिनायक सामुदायिक वन उपभोक्ता समितीको अध्यक्ष पदको समेत जिम्मेवारी समालेका छन् ।कोहलपुर रेसिङ्ग साहारा फुटवल क्लवका अध्यक्षको समेत जिम्मेवारी समालेका छन् । सामाजिक क्षेत्रमा थुप्रै क्रियाकलाप संचालन गर्दै आएका महरा मुलुकको आर्थिक समृद्धिको लागि कृषि क्रान्ति आवश्यक रहेको बताउछन् । थोरै समयमा मनग्य आम्दानी हुने भएपछि बङ्गुरपालन व्यवसायतर्फ आकर्षित बनेको उनको भनाई छ ।

    सरकारले युवालाई रोजगार दिलाउन नसकेन महराको गुनासो
    सरकारले युवाहरुका लागि स्वदेशमै कृषि क्षेत्रमा लगानी गरेर स्वदेशमै रोजगार सिर्जना गर्न नसकेको युवा व्यवसायी महराको गुनासो रहेको छ । २० देखी ३० हजार सम्म कमाउनका लागि विदेशमा लाखौँ रकम खर्चेर जानेहरुको संख्या दिन प्रतिदिन बढिरहेका बेला स्थानिय सरकारले युवाहरुलाई आकर्षण गर्ने त्यस्ता कुनै कार्यक्रम संचालन नगरेको बताए । कृषि क्षेत्रबाट लाखौँ युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने प्रवल सम्भावना भएतापनी स्थानिय सरकार , प्रदेश सरकार र संघबाट छुटाइएको बजेट खास्सै सदुपयोग नभएको पनी महराको बुझाई रहेको छ ।
    युवाहरुलाई स्थानिय सरकारको खाँचो
    युवाहरुलाई स्वदेशमै रोजगारको बातावरण सिर्जना गर्नका लागि स्थानिय सरकारले हरेक वर्ष लाखौँ रकम बजेट बिनियोजित गर्छ तर त्यसको त्यसको परिमाण भने शुन्य जस्तै देखिएको छ । रोजगारका लागि युवाहरुलाई बिनियोजित गरिएको बजेट पनी राजनैतिक आस्थाका आधारमा र जनप्रतिनिधीका चिनेजानेकाले मात्र पाउछन् । जसका कारण मेहनेत र केही गरौँ भन्ने युवाहरु बञ्चित हुन्छन् । उनीहरुको एउटै बिकल्प हुन्छ भारत वा अन्य खाडी देशमा श्रम गर्न जाने । यसरी स्थानिय सरकारले समेत युवाहरुको पहिचान र रोजगारको व्यवस्थापन नसक्दा लाखौँको संख्यामा नेपाली युवायुवतीहरु विभिन्न देशमा कामको खोजिमा भौतारिरहेका छन् ।

    मिठो रोजगारको नमिठो पीडा
    आफ्नै देशमा रोजगारीको वातावरण सिर्जना नहुदा महरा जस्ता कयौं नेपालीले विदेशमा ज्यान गुमाइ रहेका छन् । अधिकांशको मुत्युको कारण कार्यस्थलको दुर्घटना हो भने केहीको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । केहीको हत्या भएको छ भने केहीले आत्महत्या गरेको पाइएको छ । केहीको प्राकृतिक मृत्यु समेत भएको छ ।
    जतिसुकै समस्याभएपनि वैदेशिक रोजगारमा जानेको संख्या दिनप्रतिदिन बढ्दो छ । वैैदेशिक रोजगारीमा नेपाली नागरिकहरुको प्रवेश १९ औं शताव्दीको पहिलो दशकसँग जोडिन्छ । खासगरी सन् १८१४—१५ को नेपाल—ब्रिटिस इन्डिया युद्धपछि यो प्रकृया प्रारम्भ भएको थियो । युद्धपछि ४ हजार ६ सय ५० युवाहरुलाई व्रिटिस सशस्त्र बल ९ब्रिटिस गोर्खा रेजिमेन्ट मा छनोट गरिएसँगै नेपालीहरुको वैदेशिक रोजगारको यात्रा सुरुभएको देखिन्छ । त्यसैगरि, सन् १८५० तीर दार्जि्लिङका चिया बगान र आसामका जंगलमा रोजगारीका लागि नेपाली दाजुभाइ दिदीबहिनी जानेक्रम सुरुभएको देखिन्छ । खाडी मुलुकमा रोजगारिका लागि नेपाली युवाहरुको प्रवेश खासगरि सन् १९७० तिरबाट सुरुभएको हो । सुनौलो सपना बोकेर बैदेशिक रोजगारीमा पुग्नेहरुको कतिपयलाई ठिकै होला कतिपयलाई चाँँहि भने दुदर्शा बनिरहेको स्पष्ट छ । विदेशमा रोजगारीमा पुगेका महिला कामदारमाथि हुने शारीरिक एवं यौन हिंसा र शोषणको घटनाको समाचार पनि बेला बेलामा आइनै रहेको छ । केवल कतार, साउदी, मलेशिया, भारत मात्र होइन यूरोप, अमेरिका र मेक्सिको सम्म नेपाली युवाहरु रोजगारीका लागि भौतारीरहेको अवस्था छ । त्यस कारण महरा जस्तै युवा व्यवसायीलाई प्रोत्साहन गर्न र बेरोजगार युवालाई रोजगार प्रदान गर्न स्थानिय सरकार,प्रदेश सरकार,केन्द्र सरकारको महत्वपुर्ण भुमिका रहन्छ ।

     

     

     

  • २२ बैशाख २०७७, सोमबार १३:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित