मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेस कोहलपुर नगर द्धारा ७५ क्युन्टल खाद्य सामग्री हस्तान्तरण
  • मार्गरेखा संवाददाता

  • एस.एम.वि. बाँके वैशाख २२
    नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकाका १५ वडाहरुमा ५ क्युन्टलका दरले खाद्यन्न सामग्री सहयोग गरेको छ । कोरोना भाईरसले देशमा लकडाउन जारी रहेको अवस्थामा दैनिक रुपमा ज्यालादारी गरी परिवार चलाउन समस्या देखेपछी कोहलपुर नगरपालिका सबै वडाहरुमा खाद्य सामग्री वडा कार्यालय लाई हस्तान्तरण गरिएको नेपाली काग्रेस महासमिति सदस्य क्षेत्र नं.१ का नारायण प्रसाद गौडेलले बताए ।
    लामो दिनदेखी कोरोना भाइरसका कारण देश लकडाउनको सामना खेपिरहेको बेला केन्दिय पार्टी सभापतीको निर्देशन अनुसार राहत सामग्री  सबै वडा कार्यालयमा बुझाइएको नेपाली काग्रेस कोहलपुर नगर कार्यसमितीका सभापती बलराम शर्माले बताए । यतिखेर लकडाउनका कारण दैनिक ज्यालादारी गरी काम गर्ने श्रमिक हरु अति विपन्न परिवारहरुको चुलो समेत नबल्ने समस्या भएपछी स्थानिय सरकारलाई आफ्नो पार्टीको तर्फबाट सहयोग गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समितीका सदस्य चिन्तामणी धिताले बताए ।  नेपाल सरकारले तय गरेका एकद्धार प्रणाली अन्र्तगत वडा कार्यालयमार्फत श्रमिकहरुलाई राहत उपलब्ध गराउन खाद्यान्न सामग्री हस्तान्तरपछी वडा कार्यालयले विपन्न तथा असाय परिवारलाई वितरण गर्ने भएको छ । लकडाउनको समय भएपछी राहत व्यवस्थापन र कोहलपुर नगरपालिकाका वडाहरुमा नेपाली कागे्रस पूर्ण रुपमा सहयोगीको भुमिका खेल्दै आइरहेको छ । राहत संकलन र व्यवस्थापनमा कोहलपुर नगर कार्यसमितिका नि. वर्तमान सहसचिव भिम प्रसाद पौडेलको टोली खटिरहेको छ ।

  • २२ बैशाख २०७७, सोमबार १८:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित