मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका प्रहरी र आर्मी अस्पताललाई कोरोना अस्पताल बनाउने
  • मार्गरेखा संवाददाता

  • एस.वि.एम. बाँके, बैशाख २४ । बाँकेस्थित नेपाली सेना र नेपाल प्रहरीको अस्पताललाई कोरोना अस्पतालका रुपमा प्रयोग गरिने भएको छ । क्राइसिस म्यानेजमेण्ट सेन्टर प्रदेश ५ को आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा बसेको बैठकले नेपालगञ्जमा कोरोनाको प्रभाव बढी देखिएकाले परिक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री, पर्सनल सेक्युरिटी इक्विपमेन्ट, औषधि उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले आवश्यक संयोजन गर्ने निर्णय गरेको हो ।बैठकले कोरोना भाइरसका शंकास्पद बिरामीहरुको पी.सी.आर. परिक्षणलाई जोड दिने, भारतबाट आएका नेपालीहरुलाई आइसोलेसन बेड भएका अस्पतालमा राखी स्वाब संकलनको व्यवस्था मिलाउने, रिपोर्ट पोजेटिभ देखिएमा कोरोना विशेष अस्पतालमा पुर्याउने लगायतका निर्णय गरेको हो ।

    कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस रोकथाम तथा उपचार कोषबाट नियमानुसार खर्च गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने, नेपाल भारत सीमा क्षेत्रको सुरक्षा सम्बन्धी जनशक्ति, आवश्यक सामग्री र आवासलगायतको समस्याका सम्बन्धमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरी कार्ययोजना तयार गर्ने । प्राथमिक उपचारका लागि आवश्यक औषधि र स्वास्थ्यजन्य उपकरण सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउने निर्णय गरेको छ ।

    स्थानीय श्रमिक प्रयोग गरी सञ्चालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्बन्धित कार्यहरु संचालनका लागि प्रमुख जिल्ला अधिकारीहरुले सहजीकरण गर्ने, अदक्ष र अर्धदक्ष कामदारका हकमा सम्बन्धित पालिकाभित्रकै श्रमिकहरुलाई उपयोग गर्ने र दक्ष कामदारका हकमा प्रदेशभित्रबाट उपलब्ध गराउन सकिने, यसका लागि पालिकाको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले अनुमति दिने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

    विकास निर्माणसँग सम्बन्धित निर्माण सामग्रीहरुको ढुवानी व्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्ने, कृषकहरुका लागि आवश्यक बिउ आयात गर्नका लागि सम्बन्धित पालिकाहरुको सिफारिसमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सहजीकरण गरी सहजै उपलब्ध हुने व्यवस्था मिलाउने, विद्यालय संचालनका हकमा नेपाल सरकारबाट भएको निर्णयको कार्यान्वयन गर्ने, विद्यालयहरुले संचालन गरेको परीक्षाको नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउनेलगायतका निर्णय बैठकले गरेको छ ।प्रदेशमा कोरोना भाइरसको संक्रमणको अवस्था हेरी क्षमता बिस्ताका साथै थप आइसोलेसन अस्पतालहरुको योजना सामाजिक विकास मन्त्रालयले तयार गर्ने, भारतबाट आउनसक्ने नेपालीलाई लक्षित गरी यस पूर्व निर्णय भएका बाँके र रुपन्देहीका साथै कपिलवस्तु जिल्लामा समेत थप तीन हजार क्वारेन्टाइन बेडको व्यवस्था पालिका तहमा गर्ने, यसका लागि प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय गर्ने, क्वारेन्टाइनको व्यवस्थापनका लागि भएको खर्चको बिबरण तयार गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट शोधभर्ना माग गर्ने बैठकले निर्णय गरेको छ ।

  • २४ बैशाख २०७७, बुधबार १५:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित