मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लकडाउनका वेला घरघरमै सामाजिक सुरक्षा भत्ता
  • मार्गरेखा संवाददाता

  • २५ बैशाख २०७७, लकडाउनका वेला जुम्लाका स्थानीय तहले सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको घरघरमा पुऱ्याउन थालेका छन् ।यसअघि सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने गरिएकोमा लकडाउनका कारण सर्वसाधारण वित्तीय संस्थासम्म पुग्न कठिन हुने भएकाले घरघरमै पुऱ्याउन थालिएको हो ।जिल्लाको तिला गाउँपालिकाले लकडाउनको वेला घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीयका घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर सामाजिक दूरी कायम गर्दै स्थानीयको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष परबहादुर रावतले बताए ।गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक वडावासीको घरमा पुगेर वितरण गर्न वडाध्यक्ष र सचिवलाई परिचालन गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।हिमा गाउँपालिकाले पनि सात वडाभित्रका स्थानीयका घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए ।जिल्लाको तातोपानी गाउँपालिकाले १ देखि ६ वडाका स्थानीयको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गरेको छ भने ७ र ८ वडाका स्थानीयको घरघरमै पुगेर वितरण गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

    गुठीचौर गाउँपालिकाले दुई हजार एक सय ९६ जनालाई दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न एक करोड २६ लाख ६ हजार आठ सय रकम निकासा भएको जनाएको छ ।३–५ वडाभित्रका स्थानीयलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख गोपीचन्द्र प्याकुरेलले बताए ।भौगोलिक रूपमा १ र २ वडा टाढा भएकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको उनको भनाइ छ ।कनकासुन्दरी गाउँपालिकाले पनि दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरिसकेकाे छ ।

  • २५ बैशाख २०७७, बिहीबार १५:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित