मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विद्यार्थीद्धारा संकलीत राहत विपन्न परिवारलाई
  • मार्गरेखा संवाददाता

  • विद्यार्थीद्धारा संकलीत राहत विपन्न परिवारलाई

    कोहलपुर नगरपालिका वडा नं. २ वर्दहवामा रहेको लक्ष्मी माविमा अध्ययनरत वालवालिकाहरुले संकलन गरेको राहत विपन्न परिवारलाई वितरण गरीएको छ । सोही विद्यालयमा अध्ययनरत ८१ विपन्न तथा सिमान्तकृत वालवालिकाका परिवारहरुलाई उक्त राहत वितरण गरीएको छ ।
    लक्ष्मी माविमा अध्ययनरत बालवालिकाहरुले कोरोनाका कारण लागु गरीएको लकडाउनले समस्यामा परेका ब्यक्तिहरुकालागी सहयोग गर्ने उद्धेश्यले राहत संकलन गरेका थिए । विद्यालयमा स्थापना भएको जुनियर रेडक्रस सर्कल, विपद् ब्यवस्थापन समिति र बालक्लवले संयुक्त रुपमा संचालन गरेको राहत संकलन अभियानमा विभिन्न खाद्य सामग्री उपलव्ध गराएका थिए । उक्त विद्यार्थीहरुको अभियानबाट संकलन भएको खाद्यान्न ८१ घरपरिवारलाई वितरण गरीएको लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक बद्रिनाथ सापकोटाले जानकारी दिए । विद्यार्थीहरुद्धारा संकलित राहत सामग्री वडा कार्यालय मार्फत सम्वन्धीत परिवारलाई वितरण गरिएको प्रध्यानाध्यापक सापकोटाले बताए ।

  • २५ बैशाख २०७७, बिहीबार १५:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित