मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा धार्मिक स्थलको अनुगमन
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर नगरपालिकाले धार्मिक स्थानहरुमा निगरानी बढाएको छ । पछिल्लो समयमा बाँकेको नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेसँगै कोहलपुर नगर भित्र उच्च सर्तकतासँगै धार्मीक स्थलमा निगरानी बढाईएको छ । कोहलपुर नगर क्षेत्रमा उच्च निगरानी बढाउँदै बढि भिडभाड हुने मन्दिर,मस्जित र चर्चहरुमा पुगेर अनुगमन गरेको छ । कोहलपुर नगरपालिका वडा नं ६ र ९ मा रहेका मस्जितहरुको पनि निगरानि बढाउँदै अनुगमण गरिएको र कसैलाई कोरोना भाईरसको आशंका लागेमा पिसिआर टेष्ट गर्न आग्रह गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले जानकारी दिएका छन् । साथै कोहलपुर नगर भित्रका सबै धार्मिक स्थालको अनुगमन गरिएको र कोरोनासँग जुध्ने उपाएको बारेमा परामर्श दिने काम भैरहेको कोहलपुर नगरपालिकाका प्रमुख रावतले बताए । शनिवार कोहलपुर नगरपालिकाका प्रमुख रावतको नेतृत्वमा इलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक कुलदिप चन्द,नगर स्वास्थ्य कार्यलयका प्रमुख डिल्लीराज पोख्रेल, नगर स्वास्थ्यका फोकल पर्सन अनिल सेन ठकुरी र सञ्चारकर्मीहरुको संयुक्त टोलिले कोहलपुर १२ चपरगौडीमा रहेको रामजानकी राधा कृष्ण गुरुकुल र कोहलपुर ६ मा रहेको आन्नद ए.जी. मण्डली चर्चको अवस्थाको बारेमा अनुगमण गरेको थियो ।
    अनुगमणका क्रममा कोहलपुर १२ चपरगौडीमा रहेको रामजानकी राधा कृष्ण गुरुकुलमा १५ जना विद्यार्थी र ४ जना शिक्षक गरि १९ जनालाई कोरोना संक्रमण र यसबाट बच्चे उपाएका बारेमा परामर्श गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक चन्दले बताए । अनुगमनका क्रममा कोहलपुर ६ मा रहेको आन्नद ए.जी. मण्डली चर्च सञ्चालनमा नआएको भेटिएको थियो ।

  • २७ बैशाख २०७७, शनिबार १५:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित