मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शुक्रवार भारतबाट आएका २३ नेपालीलाई क्वारेन्टाइनमा राखियो
  • मार्गरेखा संवाददाता

  • भारतमा काम गर्न गएका बाँके कोहलपुरका २३ जना लाई क्वारेन्टाइनमा राखिएको छ । कोहलपुर नगरपालिकाले निर्माण गरेको कृषि विकास बैंक पिपरीको भवनमा कामको शिलसिलामा भारतका विभिन्न ठाँउबाट फर्केका २३ जना नेपालीलाई बधुबार क्वारेन्टाइनमा राखिएको छ । कोहलपुर नगरपालिकाले जमुना नाकाबाट २३ जना नेपालीलाई सिधै क्वारेन्टाइनमा ल्याउने व्यवस्था गरिएको कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीले बताइन् । कामको शिलशिलामा भारत गएका अधिकाश नेपालीहरु फर्कने भएपछी कोरोना संक्रमणको जोखिम बढने देखिएको छ । जसको एउटै बिकल्प हो स्थानिय सरकारले सम्वन्धी गाँउपालिका वा नगरपालिकाले जिम्मा लिई क्वारेन्टाइनमा राख्नुपर्ने देखिएको छ । बढ्दो कोरोना भाइरसको संक्रमण र भारतिय मुलुकबाट भित्रिने नेपालीहरुको व्यवस्थापनमा स्थानिय सरकारले पूर्व तयारी बेलैमा सोच्नुपर्ने कोहलपुर नगरपालिका वडा नं. ४ का हरिकृष्ण बुढा बताउछन् । भारतिय नाकाबाट नेपाल आउनका लागी जमुना नाकामा नेपालीहरुको ठुलो संख्यामा भिड देखिएको छ । भारतिय मुलुकबाट आएका नेपालीहरुको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण गरि घर फर्काउने योजना लागि परेको उपप्रमुख चौधरी बताउछिन् ।
    ४८ घण्टाको साइकल यात्रा बनारसबाट हिडेका भागेन्द्र कार्की
    कोरोना भाइरसका कारण देश नेपाल लगायत अन्य मुलुकहरु लकडाउनको सामाना खेलिरहेका छन् । कामको शिलशिलामा भारतमा थुप्रै नेपालीहरु लकडाउनका कारण फसिरहेका छन् ।होटल कलकारखाना पूर्ण रुपले बन्द भएका छन् । कतिपय नेपालीहरु लामो दुरीको पैदल हिडेर सिमा सम्म आइपुगे । कामको शिलसिलामा भारतको बनारस पुगेका बाँके कोहलपुर नगरपालिका वडा नं.२ का भागेन्द्र कार्की ३ महिना अगाडी बनारस पुगेका थिए । उनी होटलमा काम गर्ने खाना पकाउने काम गर्थे । कोरोना भाइरसका कारण लकडाउन भएपछी होटलहरु सबै बन्द भए । केही दिन साँहुले खर्च व्यवस्थापन गरिदियौ । सयौँको संख्यामा नेपाली कामदारहरु भारतका होटलहरुमा काम गर्ने गर्दछन् । दिनप्रतिदिन लकडाउन थपिएपछी कार्कीलाई घरको मायाले सतायो । घरमा एक छोरा एक छोरी श्रीमतीले उनको बाटो हेरेर बसेकी थिइन् । बनारसबाट नेपालको सिमामा आउन त्यति सहज थिएन् उनी ४८ घण्टा साइकलको निरन्तर यात्रापछी बिहिबार नेपालको सिमामा आइपुगे । चाउचाउ र बिस्कुटको भरमा आइपुगेका कार्की आफ्नो दुख पोख्दै भन्छन् अब नेपालमा केही गर्छु जादैन भारत , केही गर्नुपला निकै दुख पाइयो , नचिनेको बाटो साइकलको यात्रा त्यो जंगल मर्ने र बाँच्नेको कुनै भरोसा थिएन् । सबै दुख सामना गर्दै नेपाल आइपुग्यो अब बाँचिन्छ उनी यस्तै भन्दैथिए । ४८ घण्टाको लामो साइकल यात्रा पछी नेपाल आइपुगेका काकी अहिले कोहलपुर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् । उनको स्वास्थ्य परिक्षण प्रश्चात घर फर्कन पाउनेछन् । उनी संगै भारतका अन्य ठाँउमा कामगर्न गएका साथीभाइहरुको पिडा पनी उस्तै थियो । भोको पेट , चाउचाउ र पानीको भरमा आफ्नो जन्मभुमी आइपुगेका उनीहरुले पाएको दुख कारुणिक थियो ।

  • ३ जेष्ठ २०७७, शनिबार ०६:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित