मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सिमामा अलपत्र मजुदर उद्धारमा जिम्मा लिन्छु भन्दा मानेनन् प्रशासनले
  • मार्गरेखा संवाददाता

  • एस.वि.एम बाँके कोरोना भाइरसका कारण देश लकडाउन भएको ५४ औँ दिन पुगिसकेको छ । भारतिय मुलकमा काम गर्न गएका नेपालीहरुको अवस्था निकै दयनिय भएको छ । शनिवार रपैडिया नाका र होलिया नाकामा सयौँको संख्यामा ती मजदुरहरु देखिए ।
    शनिवार भारतिय नाका रुपैडिया आइपुगेका बाँके राप्तीसोनारी ८ का २३ जना मजदुरहरुलाई उद्धार गर्नका लागि राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतको टोली रुपैडिया नाका पुगेको थियो । सयौँको संख्यामा भारतिय नाकामा अडकिएका नेपालीहरुलाई नेपाल प्रवेशका लागी कुनै विकल्प भने अहिले सम्म भएको छैन् । नाकामा अडकिएका आफ्ना वडाबासीहरुलाई सिधै क्वारेन्टाइनमा लिने व्यवस्था सहित पुगेका अध्यक्ष बस्नेत खाली फिर्ता हुन पुगे । बारम्बार जिल्ला प्रशासन , प्रहरी कार्यालयलाई अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएपछी आफ्ना वडाबासीका मजदुरलाई नाकामै छोडेर आउनुपरेको अध्यक्ष बस्नेत बताउछन् । नाकामा अडकिएका नेपालीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था प्रति प्रहरी प्रशासनको चासो नभएको दाबी गरे । भारतमा मजदुरी गर्न गएका अधिकाश नेपालीहरु घर तर्फ फर्कदै छन् । आफ्नो वडामा क्वारेन्टाइन निर्माण गरिएको र सबै आफुले जिम्मेवारी लिने गरी रुपैडिया नाकामा आफ्ना नागरिक लिन नपाउनु दुखको कुरा भएको अध्यक्ष बस्नेत बताउछन् । ३ दिनदेखी ती सिमामा अडकिएका राप्तीसोनारी लगायत कर्णाली प्रदेशका अधिकाश मजदुरहरु छन् । उता डुडुवाको होलिया नाकामा पनी थुप्रै काम गर्न गएका मजदुरहरु सिमा पारी बसिरहेका छन् । दैनिक रुपमा १ सय भन्दा बढी भारतिय नाकाबाट होलिया चोरी नाका हुँदै आउने क्रम भने जारी छ । रुपैडिया नाकाबाट प्रवेश गर्न नदिएपछी कतिपय मजदुरहरु चोरी नाका हुँदै जाने गरेको तथ्य पनी खुलेको छ । लामो समयसम्म भारतिय सिमामा अडकिएका नेपालीहरुलाई समयमै उद्धार नगर्नु प्रहरी प्रशासनको ठुलै कमिकमजोरी देखिएको छ । भारतिय प्रहरी कार्यालयमा सम्वन्वय गरी सम्वन्धी जिल्लाका गाँउपालिका वा नगरपालिकाका मजदुरहरुलाई बाँके जिल्ला प्रशासन कार्यालयले सम्वन्यको भुमिका पनी खेल्न सकेको छैन । रुपैडिया नाकामा दैनिक रुपमा थपिने मजदुरहरुको संख्याले बिस्तारै बिकराल रुप लिने संकेत देखिएको छ ।

  • ४ जेष्ठ २०७७, आईतवार ११:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित