मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसका नेता शाहको पहलमा ७० लाख बराबरको स्वास्थ्य सामग्री कर्णालीलाई
  • मार्गरेखा संवाददाता

  • एस.वि.एम बाँके पुर्ब ससंद नेपाली कांग्रेसका नेता एवं समाजसेवी राजीव विक्रम शाहको विशेष पहलमा (कुमारी ट्रस्ट मार्फत) कोभिड(१९ नियन्त्रणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कोरोना भाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री भेन्टिलेटर सहित ७० लाख बराबरको स्वास्थ्य सामग्री पठाउने भएका छन् । कर्णाली प्रदेशका १० जिल्लामा स्वास्थ्य सामाग्रीहरू पठाउने तयारी भइरहेको नेता शाहले बताए । सोल्टी होटलको संचालक प्रभाकर सम्शेर जवराको वार्षिक पुण्यतिथीको अवसरमा जवराकी छोरी माया रानाले नेपाली कांग्रेशका नेता राजिव विक्रम शाहको पहलमा कर्णाली प्रदेशको दश जिल्लालाई स्वास्थ्य सामग्री सहयोग गर्ने उदेश्य बनाएको छ । खरिद गरिएका स्वास्थ्य सामग्रीहरु केही दिनमै कर्णाली पुग्ने भएको छ ।

    यस भन्दा पहिलेपनी जाजरकोेटका युवा नेता शाहको पहलमा जाजरकोट लगायतका विभिन्न जिल्लाहरुमा स्वास्थ्य सामग्री लगायत थुप्रै सहयोगहरु शाहले गर्दै आएका छन् । सामाजिक सेवा संगै राजनैतिक क्षेत्रमा आवद्ध भएका शाह जाजरकोट जिल्लाका मात्र नभई सिङ्गो देशकै प्रिय नेताका रुपमा परिचित रहेका छन् । देश कोरोना भाइरसका लागी जुधिरहेका बेला शाहको पहलमा ठूलो रकम बराबरको स्वास्थ्य सामग्री सहयोगले जाजरकोट बासी र कर्णालीबासीलाई विशेष राहत मिल्ने अपेक्षा गरिएको छ । शाह भन्छन् अहिले आरोप प्रत्यारोप गर्नु भन्दा पनि राष्ट्रिय सहमति गरेर सबै एक ठाउँमा आउँनुपर्छ । देश भनेको आमा अर्थात माता हो । देश रहे पो हामी रहन्छौ, नत्र हामी भए नभएको के अर्थ हुन्छ । हामी कोरोना भाइरस संग जुझनुपर्ने समस्या एकातिर छ भने अर्को तिर सिमाको समस्या सबैसंग एकैपटक जुझ्नुपर्ने अवस्था आएको छ उनले भने । कहिले महामारी सङ्ग ,कहिले बस दुर्घटना सङ्ग,कहिले बाढी पहिरो सङ्ग,कहिले एउटा् गरिब मान्छेको श्रीमती ,रक्तपातको ज्यान जोखिम सङ्ग लडेउ,कहिले बम बिस्फोट बाट मृत्युको मुखमा पुगेका निमुखाको साथमा कहिले चर्पी नभएको सामाजिक सुबिधा बाट एक्लिएको भोकमरीको चपेटामा परेको गरिब जनताको लागि सहयोग गर्दै आइरहेका छन् ।

  • ४ जेष्ठ २०७७, आईतवार १३:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित