मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बारामा पनि पत्रकारलाई कोरोना संक्रमण
  • मार्गरेखा संवाददाता

  • बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ। सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् ।यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या पाँच पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरूको संख्या तीन सय चार पुगेको छ ।नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन् ।अनलाइनखबरबाट

  • ५ जेष्ठ २०७७, सोमबार ११:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित