मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नरैनापुर दीपेन्द्र पाविको क्वारेन्टाइनमा बसेकाहरुलाई अर्को ठाँउमा सारियो
  • मार्गरेखा संवाददाता

  • बाँकेको नरैनापुरमा आइतबार बिहान क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएपछि सोही क्वारेन्टाइनमा रहेका ३८ जनालाई अर्को ठाँउमा सारिएको छ । मृतक युवक बैशाख ३० गतेदेखि नरैनापुरको दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टाइमा बस्दै आएका थिए भने उनी संगै थप ३८ जना थिए । इलाका प्रहरी कार्यालय भगवानपुरका इन्र्चाज प्रहरी निरिक्षक मानबहादुर बिसीका अनुसार संगै बसेको साथीको मृत्यु भएपछी उनका साथीहरुले त्यहाँ बस्न नमानेपछी त्यहाँ रहेका ३८ जनालाई आइतबार साँझ जयकिसन माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ ।
    जय किसन माध्यामिक विद्यालयमा पनी ५० जना भारतबाट आएका मजदुरहरु रहेका छन् । जय किसन माध्यामिक विद्यालयमा ठाँउ अभाव देखिएको छ ।ठाँउको अभावह हुदा अहिले उनीहरुलाई टेन्टमा राखिएको छ । नरैनापुर गाँउपालिकाका १२ वटा क्वारेन्टाइन निर्माण भएको छ भने ७ सय ५९ जनालाई क्वारेन्टाइनमा बसेका छन् । उक्त क्वारेन्टाइनमा बसेका ती युवकको कोरोनाका कारण मृत्यु भइरहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ ।

  • ५ जेष्ठ २०७७, सोमबार १२:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित