मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर वडा नं. ५ मा सोमबार देखी राहत वितरण
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगरपालिको वडा नं. ५ ले कोरोना भाइरसका कारण लकडाउन परि ज्यालामजदुरी गर्ने , अति विपन्न तथा असाय परिवारका लागि दोश्रो चरण छुटेका व्यक्तिहरुलाई राहत वितरण कार्यक्रम सोमबार बाट शुरुवात भएको छ । वडा नं. ५ ले पहिलो चरणमा २ सय २७ घरपरिवारलाई राहत वितरण गरेको कोहलपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विष्ण तिवारीले बताए । अध्यक्ष तिवारीका अनुसार पहिलो चरणमा छुटेका चार सय तीन घरपरिवारलाई सोमबार राहत वितरण गरिएको छ ।
    पहिलो चरणमा प्रति परिवार प्रन्ध केजी चामल, दाल , तेल वितरण गरिएको थियो । अहिले प्रति व्यक्ति ५ केजी चामल , १ केजी दाल , १ पोका नुन र १ पोका तेल वितरण गरिएको छ । वडा कार्यालये राहत वितरणमा सामाजिक दुरी कायम गरि वितरण गरेका छ । कारोना भाइरस कोविड १९ का कारण देश लकडाउन भएको लामो समय भएपछी मजदुरी गरि दैनिक गुजारा चलाइरहेकाहरु थप अप्ठयारोमा परेका छन् । सोमबार कोहलपुर नगरपालिका वडा नं. ५ को बुद्ध नगर टोल र शान्तिनगर टोलका घरपरिवारलाई राहत वितरण गरिएको छ । वडा अध्यक्ष तिवारीका अनुसार निष्पक्ष रुपमा टोल विकास ,विपत् व्यवस्थापन समिती राजनैतिक दलका प्रतिनिधीहरुले गरेको निर्णय अनुसार राहत वितरण गरिएको बताए ।

  • ६ जेष्ठ २०७७, मंगलवार १३:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित