मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नरैनापुरका संक्रमितलाई कोहलपुरमा राखिने
  • मार्गरेखा संवाददाता

  • बाँकेको नरैनापुरमा कोरोना संक्रमित ५९ जनालाई नेपालगन्ज, कोहलपुर र खजुरामा राखिने भएको छ । सम्बद्ध सरोकारवालाहरुको आज नेपालगन्जमा बसेको बैठकले नेपालगन्जको लाइन्स डेन्टल अस्पतालमा २३ जना, कोहलपुरको कृषि तालिम केन्द्रमा ३५ जना र खजुरामा १ जनालाई राख्ने निर्णय गरेको हो ।खजुरामा राख्न लागिएका बच्चासहितकी महिला हुन् । त्यसैअनुसार नरैनापुरबाट संक्रमितहरुलाई ल्याउन लागिएको छ । यसअघि नरैनापुरकै लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा राख्ने तयारी भएपनि त्यहाँ पूर्वाधार नभएका कारण विरोध भएपछि उनीहरुलाई नेपालगन्ज ल्याउन लागिएको हो । संक्रमित पुष्टि भइसक्दा समेत उनीहरुलाई कहाँ राख्ने भन्नेबारेमा टुंगो लाग्न नसक्दा तनाव भएको थियो ।अनलाइनखोज खबरको सहयोगमा

  • ६ जेष्ठ २०७७, मंगलवार १४:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित