मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्तीसोनारीमा सर्तकता बढाइयो, अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन अध्यक्षको आग्रह
  • मार्गरेखा संवाददाता

  • छिमेकी गाँउपालिका नरैनापुरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछी राप्तीसोनारी गाँउपालिका क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ । नरैनापुरमा सोमबार एकै दिन ५९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएपछी एक जनाको मृत्यु समेत भइसकेको छ । नरैनापुरसंग जोडिएका वडा नं. ४,५र ७ का नाकामा सुरक्षा सर्तकता बढाइएको राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारुले बताए ।
    छिमेकी गाँउपालिकामा कोरोना संक्रमण बढिरहेको हुँदा आफ्नो गाँउपालिका सबै नागरिकहरु सुरक्षित तरिकाले घरमै बस्न र अनावश्यक भिडभाडमा र अन्य गाँउपालिकामा नजान समेत अनुरोध गरेका छन् । विभिन्न संचारमाध्यमबाट सर्ककता अपनाउनका लागि सुचना जारी गरेको समेत अध्यक्ष थारुले बताए ।
    सामाजिक दुरी कायम गरी अत्यावश्यक काम बाहेक घरबाट कति कतै नजान समेत गाँउपालिका अनुरोध गरेको छ । यतिखेर छिमेकी गाँउपालिका नरैनापुरमा बढ्दो कोरोना भारसका कारण राप्तीसोनारी गाँउपालिका पनी अति जोखिममा रहेको छ । अध्यक्ष थारुले राप्तीसोनारी गाँउपालिका सबै वडा अध्यक्ष जनप्रतिनिधीहरुलाई समेत सर्तकर्ता अपाउन समेत निर्देशन दिएका छन् ।

  • ६ जेष्ठ २०७७, मंगलवार १४:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित