मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णालीमा थप तिन जनाको कोरोना रिर्पोट शंकास्पद ,
  • मार्गरेखा संवाददाता

  • कर्णालीका थप तिन जनाको स्वाब परिक्षण गर्दा विसिआर रिर्पोट शंकास्पद देखिएको छ । सुर्खेतमा गरिएको स्वाब परीक्षण रिर्पोटमा थप तीन जनाको रिर्पोट शंकास्पद आएको हो । भारतबाट केही दिन पहिले सुर्खेत आएका उनीहरुको पीसीआर रिर्पोट शंकास्पद आएपछी पुन परीक्षणका लागि नेपालगञ्ज पठाइएको छ ।
    बिहिबार बबई नाकामा गरिएकाृे आरडीटी परीक्षणमा पोजेटीभ रिर्पोट आएका १३ जना मध्ये तीन जनाको पीसीआर रिर्पोट शंकास्पद आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल बहादुर रावतले जानकारी दिए । उनका अनुसार दुई जनालाई शुक्रवार साँझ नै प्रदेश अस्पताल कालागाँउको आइशोलेसन कक्षमा राखिएको छ । तीनै जनाको पुनःपरीक्षण रिर्पोट आज दिउसो सम्म आइसक्ने सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीले बताए । उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
    तीन जनाको ट्राभल्स हिष्टीमा कति जना आएका थिए भन्ने खोजीमा मन्त्रालय जुटेको छ । बराहतालका उनीहरुलाई नेपाली सेनाको खुल्ला मञ्च स्थित क्वारेन्टाइनमा राखिएको थियो । कर्णालीमा यसअघि दैलेख आठबिसका एक जनामा कोरोना पुष्टि भएपछी थप उपचारका लागि प्रदेश अस्पताल सुखेर्तमा राखिएको छ ।

  • १० जेष्ठ २०७७, शनिबार ११:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित