मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पत्रकार राईद्धारा कोरोना विरुद्ध खटिने पत्रकारलाई खाद्यन्न र मास्क सहयोग
  • मार्गरेखा संवाददाता

  • विश्व व्यापीरुपमा फैलिरहेको कोरोना भाइरस महामारी रोगको अग्रपंक्तिमा रहि फिल्डमा खटिइने पत्रकारहरुलाई राहत प्रदान गरिएको छ । बाँके प्रेस युनियनका कार्यसमिति सदस्य पत्रकार दिपक राईले कोरोना भाइरस माहामारीको समयमा निरन्तर फिल्डमा खटिइने पत्रकारहरुलाई खाद्यन्न र एन नाईनटी फाईप मास्क सोमबार वितरण वितरण गरेका हुन । कोरोना भाइरसको स्थितीलाई वास्ता नगरि, सत्यतथ्य समाचार जनतासामु पु¥याउने, आफ्नो ज्यानको बाजी लगाएर खटिने बाँकेका १८ जना पत्रकार राईले राहत प्रदान वितरण गरेका थिए । उक्त राहत वितरणमा २५ किलो चामल र एन नाईनटी फाईप मास्क पत्रकारहरुलाई वितरण गरिएको सदस्य राईले जानकारी दिए ।समाजिक सेवा संगै पत्रकारिता क्षेत्रको अगुवाई गर्दै आइरहेका राईले आफ्नो व्यक्तिगत खर्चमा विपन्न तथा असाय र ज्यालादारी गरी खाने परिवारहरुका लागि राहत वितरण गरिसकेका छन् । उनी भन्छन् । कोरोना भाइरसको महामारीको यो समयमा बाँकेका पत्रकारहरुले आफ्नो कर्तव्य पुरा गरेको र आगामी दिनमा आफुले पत्रकारिता क्षेत्रमा आवद्ध पत्रकारहरुको समस्यालाई समधान तर्फ निरन्तर लागी पर्ने बताए ।
    समाजसेवीमा कार्य गर्दै आएका पत्रकार दिपक यसअघि पनि पत्रकारहरुको लागि खाद्यन्न र स्वास्थ्य सामाग्री वितरण गरिसकेका छन् । सोमबार आयोजित राहत वितरण कार्यक्रममा बैजनाथ राष्ट्रिय दैनिकका सम्पादक कुशल दर्लामी, पत्रकार प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसी, भगतराम थारु, निर्मल शर्मा, राम बहादुर रावत, रविन्द्र घिमिरे, किरण स्वर्णकार, खग्रेन्द्र अर्चाय,लगायतको सहभागिता रहेको थियो ।

     

  • १३ जेष्ठ २०७७, मंगलवार १३:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित