मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालको नयाँ नक्सा लाई दिप प्रज्वलन गरी प्रजातान्त्रीक व्यवसायीद्धारा स्वागत
  • मार्गरेखा संवाददाता

  • नेपाल सरकारले जारी गरेको नयाँ नक्सा को स्वागत गर्दै नयाँ नक्सा संगै कालापानी र लिपुलेखको भुमी कायमको माग राख्दै मंगलबार साँझ प्रजातान्त्रिक उद्योगि व्यापारी समूह कोहलपुरले न्युरोड मा आज दिप प्रज्वलन गरेको छ । भारतले नेपाली भुमी लिपुलेख ,लिम्पियाधुरा,कालापानी क्षेत्रको जमिन अतिक्रमण गरी चिनको मानसरोबर जाने बाटो निर्माण गरेको विषयले निकै चर्चा लिएपछी सरकारले हाल नयाँ नक्सा जारी गरेको छ । सरकारले जारी गरेको नक्सा मात्र नभई बस्तुगत अध्ययन गरी नेपालको भुमी समेत फिर्ताका लागि चौतर्फी सरकारलाई दबाब दिने कार्यक्रमहरु भइरहेका छन् । कोहलपुरमा आयोजित प्रजातान्त्रीक उद्योग व्यापारी समूहले यस भन्दा पहिले पनी चरण वद्ध आन्दोलनहरु गर्दै आएका छन् । मंगलबार दिप प्रज्वलन तथा शान्तीर्पूण कार्यक्रममालाई सम्वोधन गर्दै प्रजातान्त्रीक उद्योग व्यवसायी संघ बाँकेका सह सचिव लक्ष्मण राज पौडेलले सरकारले जारी गरेको नयाँ नक्साको स्वागत गर्दै तत्काल कुटनैतिक पहलबाट नेपालको भुमी फिर्ता गर्नका लागि सरकारले कदम चाल्नुपर्ने बताए ।
    उक्त दिप प्रज्वलन कार्यक्रम कोहलपुरका बुद्धिजिवी,समाजसेवी,राजनैतिक दल, नागरिक समाज ,युवा महिलाहरुको सहभागिता रहेको थियो   दिप प्रज्वलन तथा शान्तीपूर्ण र¥याली कार्यक्रमको संचालक कोहलपुर प्रजातान्त्रीक व्यवसायी संघका संयोजक मात्रृका सापकोटाले संचालन गरेका थिए ।

  • १४ जेष्ठ २०७७, बुधबार ११:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित