मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पर्सामा चट्याङबाट बच्न भागेका एक व्यक्तिको मृत्यु
  • मार्गरेखा संवाददाता

  • १७ जेठ, वीरगञ्ज । पर्सामा चट्याङबाट बच्नका लागि भाग्ने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका–२ बहुअर्वाका ४२ वर्षीय रामबाबु महतो नुनिया रहेका छन् । घरदेखि पश्चिमतर्फको आँपको बगैँचामा काम गरिहेको समयमा आकाशमा गड्याङगुडुङ गर्दै चट्याङसहित पानी पर्न थालेपछि उनी ज्यान जोगाउन भाग्ने क्रममा लडेका थिए । बिहान साढे ९ बजेको समयमा परेको चट्याङ लागेर उनको मृत्यु भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्रबहादुर शाहीले मृत्युको कारण यकिन हुन नसकेको बताए । ’मृत्यु भएको सही हो तर चट्याङले लागेर हो वा डरले भाग्दा लडेर हो । यकिन हुन सकेको छैन,’ उनले भने, ’पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुन्छ ।शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीेले जनाएको छ ।साथै घाइते भएका अर्का एक जना भने स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन् ।

  • १७ जेष्ठ २०७७, शनिबार १५:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित