मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चौरजहारीको सोतीमा भएको घटनाको बिषयलाई लिएर बर्दियामा बिरोध
  • मार्गरेखा संवाददाता

  •  

    दुर्गा आचार्य
    बर्दिया,जेष्ठ,१८। रुकुम पश्चिम चौरजहारीको सोतीमा भएको घटनाको बिषयलाई लिएर आईतबार बर्दियामा पनि बिरोध प्रदर्शन गरिएको छ । संयुक्त बिरोध कार्यक्रममा दलित युवा नवराज लगायत उनका साथीहरुको हत्यामा संगलग्न दोसिलाई जतिसक्यो चाँडो हदैसम्मको कारवाहिको माग राख्दै अधिकारकर्मीहरुले र्याली निकालेका छन् । गुलरिया बसपार्क नजिकै रहेको आम बगियाबाट शुरुभएको र्याली बसपर्क,बगलामुखि मन्दिर र हुलाक चौक हुदै जिल्ला प्रशासन कार्यालय सम्म पुगेको थियो । अमानविय तबरले दलित युवा लगाएत ६जनाको हत्यामा संलग्न भएकाहरुलाई कडाभन्दा कडा कारवाहि हुनुपर्नै भन्दै अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने लाई ज्ञापन पत्र समेत बुझएका छन्। बर्दियामा रहेका बिभिन्न रनजनितिक दलका प्रतिनिधी,दलित अधिकारकर्मी,मानव अधिकार कर्मी,महिला अधिकार कर्मी विभिन्न संघ संस्थाबाट प्रतिनिध्व भएको विरोध प्रदर्शनमा हत्यामा संलग्न दोसिलाई जतिसक्यो चाँडो कारवाही नभए कडा आन्दोलमा उत्रने दलित अधिकारकर्मी बिष्णु नेपालीले वताई चेतावनि दिएकि छिन्। छिटोभन्दा छिटो घटनाको सत्यतथ्य बाहिर ल्याई पिडितलाई न्याय दिई अपराधमा संलग्नहरुलाई कानुनको कठघरामा उभ्याउनु पर्नै नेपालीले वताएकि छिन्। रुकुममा भएको घटना जघन्य अपराध भएको दलित सेवा संघ बर्दियाका अध्यक्ष ताराबहादुर सुनारले वताएका छन्। यस्तो मानवीय बिरोधी घटनाको जति निन्दा गरेपनि अपुग हुने सुनारले वताए। यस घटनालाई लिएर बर्दियाका अधिकारकर्मीहरुले पनि समर्थन जनाउदै प्रदर्शनमा उत्रिएको सुनारले वताएका छन् । विभिन्न अधिकार कर्मीले जिल्ला प्रशासन मार्फत दिईएको ज्ञापन पत्र तत्कालै संवन्धित निकाएमा पठाईने जिल्ला प्रशासन कार्यालउ बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले प्रतिवद्धता जनाएका छन् । विरोधका लागि हिँडेका अधिकारकर्मीहरुलाई केहिबेर रोक लगाए पछि निर्धारित समयभन्दा केहि बेर पछाडी विरोध प्रदर्शन भएको थियो।यसैघटनाको बिषयलाई लिएर बर्दियाको राजापुर र मधुवन नगरपालिकामा पनि विरोध प्रदर्शन गरिएको छ ।

  • १८ जेष्ठ २०७७, आईतवार १५:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित