मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जारी लकडाउन बारे बुझ्न नेपालगन्जका सडकमा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले लकडाउनलाई प्रभावकारी बनाउन अझैं कडाई गर्नका लागि    नेेेपालगन्ज   बजारकाेे अाईतबारआफैं फिल्डमै खटिएर अनुगमन गर्नुभएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले लकडाउनको परिभाषा अनुसार त्यसको पालना नगरिएको पाइएकाले थप कडाई गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । भोलिदेखि लकडाउनलाई प्रभावकारी बनाउन अझ कडाई गरिने कुरुम्बाङले बताउनुभयो ।आज आफैं सडकमा पुगेर लकडाउनको अवस्था बुझ्नुका साथै ओहोरदोहोर गरिरहेका मानिसहरुसंग स्वयंले सोधपुछ गर्नुभएको छ । ‘८० प्रतिशत मानिसहरु सामान्य काममा निस्केको देखियो, २० प्रतिशत जति मात्रै अत्यावश्यक काममा निस्केको पाईयाे

    जिल्ला प्रशासन कार्यालयमा हाजिर भएदेखि नै दिनहुँ फिल्डमै खटिएर लकडाउनलाई प्रभावकारी बनाउन र कोभिड १९ रोकथामका लागि उहाँ जुट्नुभएको छ । बाँके आएको भोलिपल्टैदेखि उहाँ जिल्लाको समग्र अवस्था बुझ्न अनुगमनमा निस्कनुभएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई भेटेर जानकारी लिँदै आउनुभएको छ । त्यहाँ रहेका क्वारेन्टाइन, आइसोलेसन सेन्टर, कोभिड १९ विरुद्ध लड्न सम्वन्धित पालिकाले अख्तियार गरिरहेको नीति लगायत समग्र अवस्थाको बारेमा जानकारी लिइरहनुभएको छ ।

     

  • १८ जेष्ठ २०७७, आईतवार १७:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित