मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको डुडुवा गाउँपालिकालाई सुरक्षित स्वास्थ्य सामाग्री प्रदान
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके), १८ जेठ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि बाँकेको डुडुवा गाउँपालिकालाई सुरक्षित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । गाउँपालिकामा रहेका तीन वटा आइसोलेसनका लागि टि.पि.ओ नेपालले आवश्यक उपकरणसहितको सामाग्री उपलब्ध गराएको हो ।
    संस्थाका मनोविमर्शकर्ता सपना शर्माले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायलाई आज गाउँपालिकामा उक्त सामाग्री हस्तान्तरण गर्नुभयो । इलेक्ट्रिक जग २० थान, डिजिटल थर्मोमिटर ३० थान, सर्जिकल मास्क २०० थान र ग्लोब्स १०० थान रहेको प्रमुख प्रशासकिय अधिकृत उपााध्यायले बताउनुभयो । उहाँले आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई तातो पानी पिउनका लागि सहज होस र स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि अन्य सामग्रीहरु प्रदान गरिने बताउनुभयो ।
    हस्तान्तरण कार्यक्रममा थर्ड एलाइन्सका उपक्षेत्रीय प्रमुख आलम खान, डुडुवा गाउँपालिकाका स्टोर प्रमुख ऋषि राज गौतम, शाहपुर्वा स्वास्थ्य चौकीका इन्चार्ज खडक बहादुर रोका, स्वास्थ्यकर्मी शेलेन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।

  • १८ जेष्ठ २०७७, आईतवार २०:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित