मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतबाट घर फर्कदै गरेका ११ जना मजदुरले बाँकेमा ज्यान गुमाए
  • मार्गरेखा संवाददाता

  • बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया खोलामा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेका मजदुरहरु दुर्घटनामा परि ज्यान गुमाएका छन् ।
    बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले ‘भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको मृत्यु भयो । चार–पाँच जनाको अवस्था गम्भीर छ ।’नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने ती मध्ये तीन जनाको अवस्था गम्भिर भएको भेरी अस्पताल का मेडिकल सुपरिटेन्ड प्रकाश थापाले जानकारी दिए ।

  • १९ जेष्ठ २०७७, सोमबार ०७:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित