मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

क्वारेन्टाइनबाट भागेका युवा इमरजेन्सीमा उपचार गराएपछी
  • मार्गरेखा संवाददाता

  • जिल्लाभरका नागरिकहरुको आपतकालिन उपचार गर्ने दैलेख अस्पतालको इमरजेन्सी वार्ड सिल गरिएको छ । शनिवार रातिदेखी एक्कासि वार्ड सिल गरिएको हो । भारतबाट आएका एक युवा क्वारेन्टाइनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको इमरजेन्सी वार्डमा उपचार गराएका र उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछी इमरजेन्सी वार्ड सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
    २२ वर्षीय पुरुष सुगरका बिरामी रहेको र उनले अस्पतालमा सत्य कुरा नगरेपछी अहिले इमरजेन्सी उपचार गरेका अन्य बिरामी र कर्मचारीहरु समेत सबैलाई सिल गर्नुपर्ने अवस्था आएको खोप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिएका छन् । बुझ्दै जाँदा केही दिन अघि मात्र भारतबाट आएको मात्र नभई क्वारेन्टाइनबाट भागेको खुलेपछि उनको आरडीटी परीक्षण गरिएको थियो आरडीटी परीक्षणमा रिर्पोट पोजेटिभ आएपछी इमरजेन्सी वार्ड सिल गरिएको हो । उनलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ । अहिले अन्य बिरामीहरुको उपचारका लागि छिटै आपतकालिन कक्ष स्थापना गरिएको छ । जिल्लामा स्वास्थ्यकर्मीहरुको अभाव भएका बेलामा झनै समस्या उत्पन्न भएको स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तले जानकारी दिएका छन् । भारतबाट आएका व्यक्तिहरु सभ्य तकिारले क्वारेन्टाइनमा नबसेका कारण पनि कर्णाली जिल्लाको दैलेखमा समस्या उत्पन्न भएको छ । कर्णाली प्रदेश सरकारले धमाधम मानिसहरु जिल्ला भित्रिएपछि स्थानिय सरकार र प्रशासनले थाम्म नसकेको अवस्था देखिएको छ । भारतबाट हजारौँको संख्यामा कर्णाली जिल्लाको दैलेखमा मानिसहरु भित्रिएपछी समस्या जटिल बन्दै गइरहेको प्रमुख जिल्ला अधिरकारी युवराज कटेलले जानकारी दिए ।

  • १९ जेष्ठ २०७७, सोमबार १६:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित