मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा ६३ जानको आरडिटी चेकजाँच, २ जनामा पोजेटिभ
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा आज ६३ जनाको आरडिटी विधी मार्फत चेकजाँच गरिएको छ । यहि जेष्ठ ८ र ९ गते भारतबाट आई क्वारेन्टाइनमा बसेका ६३ जनाको चेकजाँच गर्दा दुई जनामा पोजेटिभ आएको कोहलपुर स्वास्थ्य शाखाका प्रमुख डिल्लिराज पोखरेलले जानकरी दिएका छन् । कोरोना भाईरसको संक्रमण भए नभएको थाहा पाउन पिसिआर विधिबाट चेकजाँच गर्नुपर्ने भएकाले आरडिटी विधिबाट गरिएको परिक्षणमा पोजेटिभ देखिएकालाई पिसिआर विधिबाट परिक्षण गरे पछिमात्र संक्रमित भए नभएको थाहा हुने उनले बताए । बागेश्वरी क्याम्पसमा रहेका २७ जना, वडा नम्बर १२ र १३ का ५ जना, वडा नम्बर १४ का १० जना, वडा नम्बर १० का ३ जना र वडा नम्बर ८ का १८ जनाको आरडिटी विधिबाट परिक्षण गरिएको कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले जानकारी दिएका छन् । साथै उनले कोहलपुर नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका सबैको चेकजाँच छिटोभन्दा छिटो गरिने बताएका छन् ।

  • २१ जेष्ठ २०७७, बुधबार ११:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित