मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

क्वारेन्टाइनबाट हिँडेको टिपर कर्णालीमा खस्यो
  • मार्गरेखा संवाददाता

  • कालिकोट, जेठ २८ । कालिकोटमा करिब ५० जना यात्रु बोकेको टिपर कर्णालीमा खसेको छ । टिपरले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै थियो । जिते बजारबाट यात्रु लिएर हिडेको टिपरले उनीहरुलाई रास्टकोट नगरपालिकाको क्वारेन्टाएनमा लाँदै थियो। कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको स्थानीय व्यापारी दिलबहादुर शाहीले जानकारी दिनुभयो ।

    टिपरमा करिब ५० जना यात्रु रहेको शाहीले बताउनुभयो। उहाँका अनुसार केही यात्रु हाम फालेर नदीमा खसेका थिए । उनीहरुलाई नदीबाट निकालिएको छ । करिब ३० भन्दा हराइरहेको अनुमान गरिएको छ । प्रहरी घटनास्थलतर्फ गइरहेको छ । दुर्घटनाको बिस्तृत विवरण आइसकेको छैन्। अन्नपूर्ण पोष्टबाट ।

  • २८ जेष्ठ २०७७, बुधबार १३:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित