मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पश्चिम रुकुम घटनामा थप तीनजना पक्राउ
  • मार्गरेखा संवाददाता

  • पश्चिम रुकुममा प्रेमपछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन् । घमण्ड र बिष्णु मृतक परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी गरेका फरार व्यक्ति हुन् ।

    सबिनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । बुधबार नै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ । योसँगै मृतकका परिवारले किटानी जाहेरी दिएका २० जना नै पक्राउ परेको प्रहरीले जनाएको छ । किटानी जाहेरी परेका बाहेका अन्य आठ जनालाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।  हत्याको घटनाको अनुसन्धानका लागि प्रहरीले २८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । गत १० जेठमा सोतीकी १७ वर्षीया मल्ल थरकी किशोरीका प्रेमीसहित जाजरकोटतर्फबाट आएका युवा स्थानीयको आक्रमणमा परेका थिए । जसमा ६ जनाको मृत्यु भएको छ । किशोरीका प्रेमी भनिएका नवराज विकसहित अरू ५ जनाको भेरी नदीमा शव भेटिएको थियो । मृतकका परिवारले उनीहरुको हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

  • २९ जेष्ठ २०७७, बिहीबार १६:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित