मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा तरुण युवाहरु सक्रिय हुँदै
  • मार्गरेखा संवाददाता

  • नेपाली काग्रेशको भातृ संगठन नेपाल तरुणले कोहलपुर नगरपालिका वडा नं. १ मा वडा स्तरिय तरुण दल गठन गरेको छ ।
    इश्वर शिह खडाको सभापतित्वमा ३८ सदस्य कार्य समिती गठन गरिएको नेपाल तरुणदल कोहलपुर नगर सभापती हरि शिह कठायतले जानकारी दिए । वडा स्तरमा गठन गरिएको तरुण दलको कार्यसमितीले आइतबार नै १ नं. वडा कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको छ ।
    क्वारेन्टाइनमा बसेका मानिसहरुलाई कोहलपुरका अन्य वडाहरुमा खानाको व्यवस्थापन गरेको र कोहलपुर १ मा पनी खाना व्यवस्थापन गर्नुपर्ने, क्वारेन्टाइनमा बसेका मानिसहरुलाई स्वाव परिक्षण र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुपर्ने माग सहित कोहलपुर नगरपालिका वडा नं. १ मा ज्ञापन पत्र बुझाएको तरुणका वडा सभापती ईश्वर शिह खडाले जानकारी दिए ।

    तरुण दल गठन कार्यक्रममा नेपाली काग्रेश तरुणका क्षेत्रिय सभापती दिप बिजय राणा, नेपाली काग्रेस क्षेत्रिय प्रतिनिधी गोपाल प्रसाद शर्मा, नेपाल तरुण कोहलपुर नगर कार्यसमितीका पदाधिकारीहरुको वृहत सहभागिता रहेको थियो । आगामी दिनमा वडाको विकासका लागि तरुण युवाहरुको उल्लेखनीय भुमिका निर्वाह समेत गर्ने बताइएको छ ।

     

  • ३२ जेष्ठ २०७७, आईतवार १९:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित