मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कालीकाेटका वडाध्यक्ष नाङ्गै समातिएपछि …
  • मार्गरेखा संवाददाता

  • कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष एवं सात्ताधारी नेपाल कम्युनिष्ट पाटीका जिल्ला कमिटी सदस्य दलबहादुर विश्वकर्मा (प्रकाश) अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका हुन । नरहरिनाथ गाँउपालिका वडा नं. ७ की एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन् । अत्याधिक मदिरा सेवन गरी पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा रंगेहात नाङगै समातेका छन् । माल्कोटकी ती महिलासंग वडा अध्यक्ष बिकले पहिलेदेखी नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रंगेहात पक्राउ गरी नाङ्गो बनाएका हुन् । वडाध्यक्ष दलबहादुर बिकले यसभन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफुले विहेगर्ने भन्दै झगडासमेत गरेको भिडियो बाहिरीएको थियो ।स्थानीय दानबहादुर बटालाले वडा अध्यक्ष दलबहादुर बिक मदिरा सेवन गरी गाँउको राजा हुँ भन्दै गाली गजैल गर्ने र स्थानिय महिलाहरुलाई दुव्र्यवहार गर्ने गरेको बताए । उनले भने, वडा अध्यक्ष जे मन लाग्यो त्यही गर्छन् । गाँउका सोझा साझा नागरिकहरु सहदै आएका छन् ।

    गाँउमा बिभिन्न अपराध गर्ने र पछि धाक धम्की, लोभ देखाएर मिलापत्र गर्ने गरेको उनले बताए । नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका विश्वकर्माले पटक पटक यस्तो हर्कत गर्दा पनि पाटी चुप लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । यता वडा अध्यक्ष बिकले रंगेहात पक्रिएको कुरा अस्वीकार गरेका छन् । उनले भने, आरोपित महिला मेरा आफ्नै बहिनी नाता पर्छन् । आर्थिक लेनदेनको बिषयमा बिबाद भएपछि मदीरा सेवन गरेको बेला सामान्य बिबाद भएको हो । बसेर समाधान पनि गरिसकेका छौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री निकट विश्वासपात्र मानिने कालिकोटका वडाअध्यक्ष अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका छन् ।युगआवहानबाट

  • १ असार २०७७, सोमबार ११:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित