मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुर्खेतमा कोरोना सङ्क्रमितको मृत्यु
  • मार्गरेखा संवाददाता

  • सुर्खेतमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुष गएको असार ३ गते उपचारको लागि दैलेखबाट सुर्खेत आएको ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो । उनी समुुदायस्तरबाट आएकोले कोरोना सङ्क्रमण कसरी भयो भन्ने नखुुलेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

  • ९ असार २०७७, मंगलवार १४:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित