मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाघको हड्डी र छालासहित बाँकेमा एक जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज : बाघको हड्डी र छालासहित बाँकेमा एक जना पक्राउ परेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं. १ का ४६ वर्षीय नवराज घर्ती पाटे बाघको छाला र हड्डीसहित पक्राउ परेका हुन् ।
    ५ नं. प्रदेश ब्युरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा रहेको टोलीले उनलाई शनिवार दिउँसो कुसुमबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    घर्तीको साथबाट पाटे बाघको छाला १ थान र ११ किलो हड्डी बरामद गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताए । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।

  • २१ असार २०७७, आईतवार ०९:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित