मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा ५ जुवाडे पक्राउ
  • मार्गरेखा संवाददाता

  • कोहलपुरमा   ५ जुवाडे पक्राउ

    कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क नजिक टोल बहादुर हमालको घरमा जुवा भैरेको भन्ने सुचना पाए पछि प्रहरीले छापा हानेको थियो । जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलिले कोहलपुर नगरपालिका वडा नं। ११ बसपार्क पछाडीबाट ५ जालाई नगद २ लाख ५० हजार रकम सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा घर मालिक टोल बहादुर हमाल, बडैयाताल गाँउपालिका वडा नं। २ बस्ने रमेश गिरी, कोहलपुर नगरपालिका ११ बस्ने भिम बहादुर शाही, बैजनाथ गाउँपालिका वडा नं। १ बस्ने टंक बहादुर रोकाय र राप्तिसोनारी गाउँपालिका वडा नं। १ बस्ने चक्र प्रकाश रिजाल हुन । उनीहरुलाई आबश्यक कारबाही र थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय नेपालगन्ज पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि कुलदिप चन्दले बताए । उता जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरुलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भएको बाँके प्रहरी प्रबक्ता सुबास खड्काले बताए ।

  • ३० असार २०७७, मंगलवार १८:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित