मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भूमिहीनले पाउलान लालपूर्जा ?
  • मार्गरेखा संवाददाता

  • भूमिहीनले पाउलान लालपूर्जा ?

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच भूमिहीन भूकम्प प्रभावित लाभग्राहीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने सम्बन्धमा छलफल भएको छ ।

    बुधबार ताहचलस्थित आयोग कार्यालयमा पर्ति, ऐलानी, हैसियत बिग्रेका वन क्षेत्रमा घर बनाउने अनुमति पाएका भूमिहीन तथा मोही, स्ववासी, गाउँ एवं शहरी ब्लकलगायत लाभग्राहीलाई जग्गाधनी पूर्जा दिनेबारे छलफल भएको हो ।

    छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ३२ वटा भूकम्प प्रभावित जिल्लामा घर निर्माण गर्न सहमति पाएका परिवारलाई जग्गा प्राप्तिको सुनिश्चितताको लागि प्रक्रिया थाल्न आग्रह गरे ।प्राधिकरणले स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिको स्वीकृतिअनुसार १० हजारभन्दा बढी भूमिहीन सहितका लाभग्राहीलाई घर निर्माणको अनुमति र अनुदान उपलब्ध गराएको छ ।स्थानीय तहले भूमिहीन लाभग्राहीलाई आवास निर्माणका लागि घरले चर्चेसम्मको जग्गा आवास निर्माण प्रयोजनका लागि जिल्ला समन्वय समितिलाई सिफारिस गर्ने प्रावधान रहेको छ ।

    संघीय संसदका सांसदको अध्यक्षतामा रहेको समन्वय समितिले पछि ठहरे बमोजिम हुनेगरी घर निर्माणका लागि अनुमति दिन सकिने गरी प्रावधान निर्माण भएको छ ।प्राधिकरणले आफ्नो व्यवस्थापन सूचना प्रणालीमा रहेको भूमिहीनलगायत भूकम्प प्रभावित लाभग्राहीको तथ्यांकसमेत आयोगलाई उपलब्ध गराउने भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले प्राधिकरणको तथ्यांक तथा अनुभव भूमिहीन नागरिकका समस्या समाधान गर्न महत्वपूर्ण हुने धारणा व्यक्र गरे ।उनले अगामी दिनमा प्राधिकरणसँग समन्वयमा रहेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । स्थानीय तहको सिफारिस र जिल्ला समन्वय समितिको स्वीकृतिअनुसार घर निर्माण गरेका लाभग्राहीको सम्बन्धित जग्गाको स्वामित्वको छानविन तथा अन्तिम निर्णय आयोगले गर्ने भएको छ ।भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणीकरण गर्नका लागि सरकारले २०७६ चैत्रमा आयोग गठन गरेको थियो ।

  • ३० असार २०७७, मंगलवार १८:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित