मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

२ सय ९४ जना तरुण युवायुवतीले गरे कोहलपुरमा रक्तदान
  • मार्गरेखा संवाददाता

  • नेपाली काग्रेसको भातृसंगठन नेपाल तरुण कोहलपुर नगर कार्यसमितीले आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय ९४ प्वाईन्ट रगत संकलन भएको छ । नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको ३८ औँ स्मृती दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा २ सय ९४ जनाले रक्तदान गरेको नेपाल तरुण दल कोहलपुर नगर कार्य समितीका सभापति हरसिंह कठायतले जानकारी दिएका छन् ।

    कठायतका अनुसार हाल सम्म भएका रक्तदान कार्यक्रमहरुमा सबैभन्दा धेरै रक्तदान गर्ने समूह मध्ये उच्च स्थानमा तरुणदल पनी परेको बताउछन् ।  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा तरुण यूवायवतीहरुको वृहत सहभागिता रहेको थियो । करिब २ सय जनाले रक्तदान गर्ने आशा राखिएपनी झण्डै ३ सयको हाराहारीमा रक्तदान गर्ने तरुण युवाहरु पुग्दा आगामी दिनमा सामाजिक कार्य गर्नेमा थप प्रेरणा मिलेको नेपाल तरुण दल कोहलपुरका उपसभापति गोपाल जिएम बताउछन् । तरुणदलले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सफल बनाउन नेपाल तरुणदलमा आवद्ध सम्पुर्ण व्यक्तिहरुले यत्तिकै रचनात्मक भुमिका निर्वाह गरेका थिए ।  कोहलपुरका तरुण युवाहरुले गरेको सकरात्मक कार्यले अन्य युवाहरुलाई प्रेरणाको स्रोत भएको छ । विगतका दिनहरुमा पनी तरुण युवाहरुले थुप्रै सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका छन् । उक्त रक्तदान कार्यक्रममा नेपाली कांग्रेशका नेता तथा कार्यकर्ताहरुको वृहत सहभागिता र सहयोग भएको थियो ।

  • ९ श्रावण २०७७, शुक्रबार १९:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित