मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हामी नेपाली संस्थाले बर्दियाको महिला क्वारेन्टिनमा बस्ने महिलाहरुका लागि चाहिने अत्यावश्यक समाग्री बितरण
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,साउन,१५। गरिएको छ । हामी नेपाली संस्थाको आयोजाना तथा हामी नेपाली ग्लोबलको सहयोगमा सामाग्री वितरण गरिएको हो। बर्दियाको गुलरिया नगरपालिका—४स्थित श्री कोटही माध्यमिक बिद्यालयमा रहेको महिला क्वारेन्टिनमा वस्दै आएका ६० जना महिलालाई सामाग्री वितरण गरिएको आयोजकले वताएकोछ।सामाग्रीहरुमा महिलाहरुका लागि आवश्यक व्यक्तिगत सरसफाईका सामाग्री,मास्क,सेनिटाईजर,जुत्ता,कपडा लगाएतका सामाग्रीहरु दिईएको छ । क्वारेन्टिनमा बस्ने महिलाहरुको स्वास्थ्य संवेदनसिलतालाई मध्यनजर राखि स्पास्थ्य सामाग्रीहरु उपलव्ध गराउनु राम्रकाम भएको गुलरिया नगरपालिकाकी उप—प्रमुख शुसिला गिरीले सामाग्री हस्तान्तरण कार्यक्रममा वताईन्।महिला हरु प्रति सवै संवेदनसिल हुनुपर्नै उप—प्रमुख गिरीको भनाई छ । राजनीती,धर्म,जाती वा वर्गबाट स्वतन्त्र रहेको यस संस्थाले हरेक जोखिम र प्रभावितहरुका लागि सहयोग गर्ने उद्धेश्यका साथ सामाग्रीहर उपल्व्ध गराईएको संस्थाका उपाध्यक्ष श्री उमा तमाङ्गले वताईन्।

  • १५ श्रावण २०७७, बिहीबार ११:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित