मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा कार्यरत ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि
  • मार्गरेखा संवाददाता

  • आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा कार्यरत ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीसहित २७ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

    उनले आन्तरिक राजस्व कार्यालयका ५४ जना कर्मचारीको स्वाब संकलन गरिएको जानकारी दिए ।

    श्रेष्ठले दिएको जानकारीअनुसार संक्रमित ११ जनामध्ये राप्तीसोनारी गाउँपालिका–६ बाँकेका एक, भेरीगंगा नगरपालिका–४, सुर्खेतका दुई, खलंगा–४ प्युठानका एक, मधुवन नगरपालिका– ८ बर्दियाका एक, छत्रदेव– ७ अर्घाखाँचीका एक, नेपालगन्ज उपमहानगरपालिकाका एक, भीमदत्त नगरपालिका– ४ कञ्चनपुरका एक, पर्सा–१ सर्लाहीका एक, नेपालगन्ज–९ बाँकेका एक र नेपालगन्ज उपमहानगरपालिका– १० का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बिहीबार सार्वजनिक भएको पिसिआर रिपोर्टअनुसार नेपालगन्जका थप १६ जनामा पनि कोरोना पुष्टि भएको छ । तीमध्ये नेपालगन्ज उपमहानगरपालिका–११ का १३ जना छन् भने वडा नं. १०, १३ र १९ का एक–एक जनामा कोरोना पुष्टि भएको छ ।

    त्

  • १५ श्रावण २०७७, बिहीबार १४:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित