मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस को संक्रमण
  • मार्गरेखा संवाददाता

  • भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

    अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

    उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन गइरहेको बताएका छन् ।

    शाहले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आउने सबैलाई आइसोलेसनमा बस्दै आफ्नो कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

  • १८ श्रावण २०७७, आईतवार १९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित