मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अख्तियारमा कार्यरत १५ जनामा कोरोना पोजेटिभ
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले १५ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिँदै रातोपाटीसँग भने, ‘संक्रमित हुनेहरुमा सुरक्षाकर्मीको संख्या धेरै छ ।’
    त्यस्तै मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सबैको स्वाब संकलन गर्ने तयारी गरेको छ ।
  • २० श्रावण २०७७, मंगलवार १४:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित