मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुर सिल
  • मार्गरेखा संवाददाता

  • बाँकेकाे  ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ । प्रहरी कार्यालयमा रहेका एक जना थुनुवामा कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दले जानकारी दिए ।

    साउन १४ गते ल्याईएका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि आफु मातहतका सम्पूर्ण कर्मचारी तथा प्रहरीहरुलाई जनसम्पर्कबाट आउट गरिएको चन्दले जानकारी दिए । कार्यालयभित्रका आन्तरिक गतिविधिहरु संचालन गरीएपनि अन्य कामकारवाहीकालागि जिल्लाबाट प्रहरीको एक टोलीलाई कोहलपुर झिकाइएको चन्दले बताए ।

    ईप्रका कोहलपुरमा कार्यरत प्रहरी तथा थुनुवाहरुको स्वा परिक्षण नभएसम्मकालागि कार्यलय भित्र जान र बाहीर आउन पुर्ण रुपमा बन्द गरिएको चन्दले बताए ।

  • २० श्रावण २०७७, मंगलवार १५:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित