मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बि.पी. कोइराला युवा नेतृत्व विकास मञ्च बाँके अध्यक्षमा पौडेल चयन
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेस निकट रही बिपी कोइरालाको विचारलाई जीवन सापेक्षतामा गतिशिल ढंगले बुझ्ने, विश्लेषण गर्ने र भावि पिढिको सपनासँग एकाकार गर्ने उद्देश्य सहित विस्तार गरिएको “बि.पी. कोइराला युवा नेतृत्व विकास मञ्च”बाँके अध्यक्षमा पूर्व नेपाल विद्यार्थी संघ बाँके उपाध्यक्ष भीम प्रसाद पौडेललाई चयन गरिएको
    छ । महामानव वीपि कोइरालाको गुरुत्तर दायित्वजनको यूवा पंक्तिले निर्वाह गर्ने गरी ७७ वटै जिल्लामा विस्तार गरिएका मञ्चले विशेष गरी महामानव वीपिको विचारलाई यूवा पंक्तिले निर्वाह गर्न र लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमा नै सम्मुन्नत नेपालको सपना देख्ने यूवाहरुको नेतृत्व एवम् व्यक्तित्व विकास गर्ने साझा चौतारीको रुपमा मञ्चलाई लिईएको छ ।

    संगठनले दिएको जिम्मेवारी आफुले सफलता पूर्वक सम्पन्न गर्ने अध्यक्ष पौडेलले जानकारी दिएका छन् । यूवा नेता पौडेलले बिपीको बिचारलाई सबैले आत्मासाथ गरि आधुनिक नेपाल निर्माण गर्न सबै लाग्नुपर्ने समेत बताएका छन् । मञ्च बाँके अध्यक्षको जिम्मेवारी पाएको युवा नेता पौडेल नेपाली काँग्रेस कोहलपुर नगर समितिको निवर्तमान सह–सचिव समेत हुन् ।

  • २६ श्रावण २०७७, सोमबार १२:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित