मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अष्टधातुकाे शिव मुर्ति चाेरी
  • मार्गरेखा संवाददाता

  • बाँके । नेपालगन्ज वडा नं-७ मा तीन महिना अघि भेटिएकाे शिवकाे मुर्ति चाेरी भएकाे छ ।

    मन्दिरका पुजारी परिवार राती १ बजेसम्म जागेपनि स्थानीयका अनुसार मंगलबार बिहान ३ बजेतिर मुर्ति चाेरी भएकाे हाे ।

    करिब तीन महिनाअघि मन्दिर छेउँमा बाटाे बनाउने क्रममा साे मुर्ति फेला परेकाे रामजानकी मन्दिर व्यवस्थापन समितिका संयाेजक बिनाेद कश्यपले जानकारी दिनुभयो ।

    फेला परेकाे साे अष्टधातुकाे शिवकाे मन्दिरमा स्थापना गरिएकाे थियाे । साे बेला वडा नं-१३ का एक व्यक्तिले आफ्नाे भनेर दावी गरेपछि व्यवस्थापन समिति र दावीवाला बसेर सहमतिमा मन्दिरमा स्थापना गरिएकाे थियाे ।

    मन्दिरमा सहजै छिर्न सक्ने कुनै बाटाे नभएकाले चाेरीकाे घट्ना रहस्यमय बनेकाे छ ।

  • २७ श्रावण २०७७, मंगलवार १०:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित