मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काेराेना कहर नेपाली सेनामा पनि छिराे
  • मार्गरेखा संवाददाता

  • नेपाली सेनाका ४ सहित बाँकेमा बुधबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भेरी अस्पताल नेपालगन्जमा बुधबार गरिएको परिक्षणमा ४ सेनासहित बाँकेका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

    फोकल पर्सन श्रेष्ठका अनुसार, नेपालगन्ज २ का ४१ बर्षिया महिला, ४८ र ५४ बर्षिय दुई पुरुष, खजुरा ४ का २७ बर्षिय पुरुष, ६ का ३२ बर्षिय पुरुष, नेपालगन्ज १८ का ३५ बर्षिया महिला, कौशिल्यानगरका ३६, ३७,३६ र ३५ बर्षिया चार पुरुषमा कोरोना पुष्टि भएको हो ।

    कौशिल्यानगरका ४ पुरुष नेपाली सेनाका भएको श्रेष्ठले जानकारी दिए । ती ४ जना सेनाको पश्चिम पृतना शिक्षालय कौशिल्यानगरमा कार्यरत जवान हुन ।

  • २८ श्रावण २०७७, बुधबार १६:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित