मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महाधिबेशनको मुखमा गठन भएका विभाग नेपाली काँग्रेसका संस्थापन इतर निकट जिल्ला सभापतिहरूको भेलाले अमान्
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतर निकट जिल्ला सभापतिहरूको भेलाले केन्द्रीय समितिको बहुमतले उल्टाएका महासमितिको निर्णयहरू अक्षरस पार्टीको १४ औं  महाधिवेशनमा प्रस्तावका रूपमा अगाडि बढाउने निष्कर्ष निकालेको छ ।

    नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीसका अनुसार बुधबार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूको भेलाले महासमितिको निर्णयहरूलाई महाधिवेशनको मुद्दा बनाउने निर्णय लिएको छ । ०७५ मंसिर पुषमा सम्पन्न महासमिति बैठकमा केन्द्रीय तहका नेताहरू पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने माग जोडतोडका साथ उठेको थियो । तर उनीहरूले यो माग विधानमै समेट्ने पार्टी नेतृत्वले आश्वासन दिलाए पनि केन्द्रीय समितिबाट विधान अनुमोदन गराउँदा उक्त विषय समेटिएन ।

    पदाधिकारी र केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था कामय राखियो । सबै तहका नेता वडाबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधिका रूपमा आउनुपर्ने एजेन्डा आसन्न महाधिवेशनमा प्रस्तावका रूपमा लैजाने उनीहरूको भनाइ छ।

  • २९ श्रावण २०७७, बिहीबार १३:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित