मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

“बटौलीमा सारी….” ले यु ट्युबमा चर्चा बटुल्दै
  • मार्गरेखा संवाददाता

  • हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज विशेषको सन्दर्भमा गायिका विपना मगर टिकादेवी शाहको स्वरमा सजिएको तिज गित “बटौलीमा सारी…” सार्वजनिक भएयता यु ट्युबमा चर्चा बटुल्न सफल भएको छ ।
    बाँके जिल्लामा स्थायी निवासी कलाकारहरुके स्वर, संगीत एवम् अभिनय रहेको गीतामा मोडल जितेन्द्र केसी एवम् निर्देशक प्रकाश कडेल लगाएतको अभिनय रहेको छ । सर्जक सुरेश गन्दर्भको लय शब्दमा उक्त तिज गितलाई उज्यालो अभियान मिडिया प्रा.ली. नेपालगञ्जले बजारमा ल्याएको हो । पछिल्लो समयमा तिज गीतका नाममा मौलिक लय तथा शब्दहरुलाई सर्जकहरुले भुल्दै गइरहेको अवस्थामा यो गीतले तिज पर्वको मौलिकलाई सम्बोधन गरेको म्युजिक भिडियोमा मोडिलिंग गरेका कलाकार के.सी. बताउँछन् । यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय पहिचान बनाउन सफल कलाकार प्रकाश कडेलले गीतको म्युजिक भिडियोलाई उत्कृष्ठ बनाउन अथक प्रयास गरेको कलाकार कडेल बताउँछन् । व्यवसायिक प्रतिस्पर्धाका लागि गीत रेकडिङ्ग तथा म्युजिक भिडियो निर्माण गर्न काठमाण्डौ पुग्नैपर्ने भ्रमलाई चिर्न यो गीत तथा म्युजिक भिडियो सफल हुने कलाकारहरुको भनाई छ ।

     

    यो गीत यु ट्युबमा हेर्न यहाँ क्लिक गर्नुहोस्

     

     

  • २९ श्रावण २०७७, बिहीबार १७:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित