मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा ४ जना बैंकका कर्मचारी सहित ८ संक्रमित
  • मार्गरेखा संवाददाता

  • sharethis sharing button

     दुर्गा आर्चाय ।     गुलरिया : बर्दियामा बिहीबार ८ जना कोरोना संक्रमित थपिएका छन् ।
    भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा चार जना बैंकका कर्मचारीसहित ८ जनामा कोरोना भएको हो । जसमध्ये बाँसगढीका ३ पुरुष र २ महिला गरी ५ जना रहेका छन् । ती मध्ये एकजना महिला र सुर्खेत घर भएका ३ जना बैंकका कर्मचारीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताए । अस्पतालले बिहीबार अपरान्ह ५ बजे सार्वजनिक गरेको विवरण अनुसार बाँसगढी नगरपालिका वडा नम्वर ५ का ३, वडा नम्वर ८ का २ र वीरेन्द्रनगर सुर्खेत घर भएका ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यो सँगै बर्दियामा कूल संक्रमितको संख्या २ सय ७७ पुगेको छ । जसमध्ये २ सय ३८ जना आइसोलेसनबाट घर फर्किसकेका छन् ।

  • २९ श्रावण २०७७, बिहीबार १९:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित