मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा निषेधाज्ञा न थपिने
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – बाँकेमा निषेधाज्ञा नथपिने भएको छ ।
    स्थानीय प्रशासनले शुक्रबार (आज) रातीसम्म भन्दै जारी गरेको निषेधाज्ञा पूरा भएसँगै निषेधाज्ञा हट्ने भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निषेधाज्ञा हट्ने जानकारी दिनुभयो । ‘अब निषेधाज्ञा थपिदैन, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, हेरौं, अति नै कोरोना संक्रमित बढे भने पछि निर्णय हुन सक्छ ।’
    बाँकेमा साउन १७ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा हटेपनि स्वास्थ्य सुरक्षामा सावधानी अपनाउन जरुरी देखिएको छ । मास्क लगाएर हिड्ने, बेलाबेलामा सेनिटाइजर प्रयोग गर्ने र भौतिक दुरी काम गर्नुपर्ने हुन्छ । स्थानीय प्रशासनले मास्क नलगाएर हिड्नेलाई कारबाही गर्ने जनाएको छ ।

  • ३० श्रावण २०७७, शुक्रबार १०:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित