मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

२९ प्रहरीसहित ४६ जना कोरोना जितेर घर फर्के
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, भदौ ७ । बाँकेमा आज ४६ जना कोरोना जितेर घर फर्केका छन् । आज डिष्चार्ज भएका मध्ये अधिकांश प्रहरी हुन् । वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्जसहित २९ जना प्रहरी निको भई डिष्चार्ज भएका हुन् ।

    वडा प्रहरी कार्यालय नेपालगञ्ज आइसोलेसनबाट ३३ जना, सिटी प्यालेस होटलबाट ४ जना, खुल्ला कारागार गनापुर आइसोलेसनबाट ३ जना तथा नेपालगञ्ज आदर्शनगर आइसोलेसन, लायन्स डेण्टल अस्पताल, भेरी अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, होटल इन्द्रेणी र चिसापानी आइसोलेसनबाट १/१ जना निको भई डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बतानुभयो ।

    यो संगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट निको भई घर फर्कनेको संख्या ६ सय १४ पुगेको छ । अब आइसोलेसनमा बाँकेका २ सय ३ र अन्य जिल्लाका ४ जना गरी २ सय ७ जना छन् ।

  • ७ भाद्र २०७७, आईतवार १३:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित