मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका २७ सहित ३५ जनामा संक्रमण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज भाद्र ११ ।  बाँकेमा बिहिबार २७ जना कोरोना संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेका बिभिन्न पालिकाबाट संकलन गरीएको स्वाव परिक्षणका क्रममा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

    नयाँ संक्रमितमध्ये नेपालगन्जका ११, जानकीका ६, कोहलपुरका ५ तथा राप्तीसोनारी र खजुराका १/१ जना रहेका छन । संक्रमितहरु ६ वार्षिय बालिका देखी ५८ वर्षिय पुरुषसम्म रहेको भेरी अस्पतालले जनाएको छ ।

    त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा बर्दियाका २ जना तथा गोर्खा, नवलपरासी, कपिलवस्तु, रुकुम, मकवानपुर र तनहुँका १/१ गरी जिल्ला बाहिरका ८ जनामा समेत संक्रमण देखिएको छ । बर्दिया बाहेक अन्य जिल्लाका ६ जना बाँकेमै कार्यरत कर्मचारी भएको बताईएको छ

  • ११ भाद्र २०७७, बिहीबार १६:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित