मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भोली शनिबार हुने भनिएको नेकपाको सचिवालय बैठक किन सर्‍यो
  • मार्गरेखा संवाददाता

  • काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। नेकपाकाअध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार  छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भदौ १८ गते बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए।

    पार्टीको विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने बैठकको तयारी थियो। कोरोनाको प्रकोप बढ्दै गएपछि बैठकको सारिएको एक नेताले जानकारी दिए। ति नेतका अनुसार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएको छ। जसको कारण सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले बैठक स्थगित गरिएको हो।

  • १२ भाद्र २०७७, शुक्रबार १४:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित