मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा कोरोना लाई जित्दै
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, भदौ १७ । बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ सय ५९ पुगेको छ । बाँकेमा आज थप १३ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् ।

    होटल अतिथि कोहलपुर आइसोलेसनबाट ५ जना, भेरी अस्पतालबाट ४ जना, कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट २ तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसन र बनकटुवा आइसोलेसनबाट १र१ जना निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

    कोहलपुरका ८ जना, नेपालगन्जका ३ तथा बैजनाथ र राप्तीसोनारीका १/१ जना डिष्चार्ज भएका हुन् । अब आइसोलेसनमा ३ सय २० जना छन् । बाँकेमा हालसम्म १ हजार ८५ जनामा कोरोना पुष्टि भएको छ । ६ जनाको भने मृत्यु भएको छ ।

  • १७ भाद्र २०७७, बुधबार १४:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित