मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुशील कोइराला प्रखर क्यान्सर  अस्पतालमा कार्यरत चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • मार्गरेखा संवाददाता

  • भाद्र २२ ।   बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर  अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पताल   सिल गरीएको छ । चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल लाई सील गरिएको छ ।

    अस्पतालका प्रमुख विश्वराम पौडेलका अनुसार, दुईजना चिकित्सक, तीनजना प्रशासन शाखाका कर्मचारी, एकजना नर्स र पाँचजना अस्पताल सहयोगीलाई भाइरस संक्रमण देखिएको छ । यसअघि अस्पतालका गाडी चालकलाई पनि कोरोना भाइरस संक्रमण देखिसकेको थियो । अस्पतालमा भाइरस संक्रमण देखिएपछि अन्य सबै चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारी सेल्फ क्वारेन्टिन बसेका छन् ।

    उनीहरुको पीसीआर परीक्षणको तयारी भइरहेको छ । अस्पतालमा ४२ जना कार्यरत छन् ।

  • २२ भाद्र २०७७, सोमबार १६:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित